२०८३, आश्विन २३ गते

images
  • समाचार
  • बोल बम यात्रा गर्न हजारौँ भक्तजन...

बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा

बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा

सीएनएन खबर
सोमवार, श्रावण १२ २०८२०८:००
सीएनएन खबर
सोमवार, श्रावण १२ २०८२०८:००
  • images

    काठमाडौँ । साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा जम्मा भएका छन् । 

    प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने गर्छन् । आजको बोल बम यात्राको आयोजना बोल बम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपालले गरेका हुन् । 

    आजको बोल बम यात्रामा करिब १० हजार बढी भक्तजनको उपस्थिति रहेको प्रहरी प्रभाग सुन्दरीजलले जनाएको छ । साउनको सोमबार पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनका लागि आज बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend