२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • तीन जलविद्युत् आयोजना बनाउन ७ कम्पनी...

तीन जलविद्युत् आयोजना बनाउन ७ कम्पनी सर्टलिस्टमा, को को परे ?

तीन जलविद्युत् आयोजना बनाउन ७ कम्पनी सर्टलिस्टमा, को को परे ?

सोमवार, श्रावण १२ २०८२१०:५७
सोमवार, श्रावण १२ २०८२१०:५७
  • images

    काठमाडौँ । बुट मोडलमा निर्माण गरिने विद्युत् आयोजनाका लागि ७ कम्पनी छनोटमा परेका छन् । विद्युत् विकास विभागले तीन जलविद्युत् आयोजना सञ्चालन जिम्मा लिन आवेदन परेका कम्पनीमध्ये सात वटालाई  सर्टलिस्ट गरेको हो ।

    यसअघि सार्वजनिक  आह्वान गरिएको आशयपत्रका आधारमा प्राप्त आवेदन अध्ययनपछि सर्टलिस्ट कम्पनीको सिफारिस सूची तयार गरिएको विभागको सूचनामा उल्लेख छ।

    विभागले २१.४ मेगावाट क्षमताको इन्खुखोला–४, ६५ मेगावाट क्षमताको कालीगण्डकी अपर र ४९.५ मेगावाट क्षमताको लोती कर्णाली पीआरओआर आयोजना निर्माणका लागि इच्छुक कम्पनीसँग आवेदन मागेको थियो। तीमध्ये छनोट प्रक्रियाबाट सात कम्पनी सर्टलिस्टमा परेका हुन्।

    २१.४ मेगावाटको इन्खुखोला–४ आयोजना निर्माणका लागि बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड र स्नो रिभर्स सिफारिस भएका छन्।

    ६५ मेगावाटको कालीगण्डकी अपर जलविद्युत् आयोजनाको लागि एक्वापिक इनर्जी प्रालि तथा साहस ऊर्जाको संयुक्त साझेदारी (जेभी) र निलगिरि खोला हाइड्रोपावर कम्पनी चयन भएका छन्।

    यस्तै, ४९.५ मेगावाट क्षमताको लोती कर्णाली पीआरओआर आयोजना सञ्चालन गर्न अपि पावर कम्पनी र तारा इनर्जी तथा भोटेकोसी पावर कम्पनीको संयुक्त जेभी छानिएको विभागको सूचनामा उल्लेख छ। 

    सर्टलिस्टमा परेका कम्पनीले आगामी भदौ २४ मा विभागमा प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गर्नुपर्नेछ भने सोही दिन दिउँसो १ बजे प्राविधिक प्रस्ताव खोलिने कार्यतालिका छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend