२०८३, आश्विन २३ गते

images
  • समाचार
  • एकैपटक ४ सहसचिवको सरुवा, कहाँ कसले...

एकैपटक ४ सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

एकैपटक ४ सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

सोमवार, श्रावण १२ २०८२०५:२५
सोमवार, श्रावण १२ २०८२०५:२५
  • images

    काठमाडौँ । गृह मन्त्रालयले चार जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रालयले सोमबार दुई जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित चार सहसचिवको सरुवा गरेको हो ।

    रुपन्देहीका सीडीओ वासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव डा। टोकराज पाण्डेलाई रुपन्देहीको सीडीओ बनाएर पठाइएको छ।

    त्यस्तै सिन्धुपाल्चोकका सीडीओ किरण थापालाई मन्त्रालयमा तानेर मन्त्रालयका सहसचिव बन्धु बास्तोलालाई सिन्धुपाल्चोकको सीडीओ बनाएर पठाइएको मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव छवि रिजालले लोकान्तरलाई जानकारी दिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend