२०८३, आश्विन २३ गते

images

सिन्धुलीबाट हराएका हायु परिवार पोखरामा फेला

सिन्धुलीबाट हराएका हायु परिवार पोखरामा फेला

सोमवार, श्रावण १२ २०८२१०:१४
सोमवार, श्रावण १२ २०८२१०:१४
  • images

    काठमाडौं । सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ बागेश्वरका हायु समुदायका १६ जना सदस्य पोखराको गगनगौँडामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीका अनुसार, उनीहरू पोखरा महानगरपालिका–३० स्थित चन्द्र भण्डारी र सोमनाथ पौडेलको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन्।

    एसपी ओलीका अनुसार, १६ सदस्यीय हायु परिवार शनिबार पोखरा पुगेपछि एक रात होटलमा बसेका थिए। त्यसपछि काम खोज्ने उद्देश्यले सोमबार दिउँसो साढे १ बजेतिर दुई जनाको घरमा बास मागेका थिए। उनीहरूले आफूहरू ज्यामी काम गर्ने व्यक्ति भएको र कामको खोजीमा रहेको बताएपछि भण्डारीको घरमा ४ जना र पौडेलको घरमा १२ जना बस्न दिइएको थियो।

    हराएको परिवारका सबै सदस्यको पहिचान खुलेको छ। ५२ वर्षीया उर्मिला हायुसहित उनका छोरा, छोरी, बुहारी, ज्वाइँ, नातिनातिनीसमेत १६ जना रहेको पुष्टि भएको छ। परिवारका सदस्यहरूमा उर्मिलाकी २७ वर्षीया छोरी कमला हायु, २३ वर्षी बुहारी कोमल माया हायु, छोरीहरू उषा, अस्मिता, शान्ता, ओमकुमारी, छोराहरू राजु, हिमाल, लालबहादुर, बेगबहादुर, सुवर्ण, लक्की र नातिनातिनी रियासा तथा अर्जुन हायु छन्।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीसँग समन्वय गरी उनीहरूलाई घर फर्काउने तयारी भइरहेको कास्कीका एसपी ओलीले जानकारी दिए। उर्मिलासँगै उनकी छोरी २७ वर्षकी कमला हायु, ज्वाइँ, बुहारी २३ वर्षकी कोमल माया हायु, छोरी २२ वर्षकी उषा हायु, १८ वर्षकी छोरी अस्मिता हायु, १२ वर्षकी छोरी शान्ता हायु, १० वर्षकी ओमकुमारी हायु, छोराहरु २९ वर्षका राजु हायु, २४ वर्षका हिमाल हायु, १६ वर्षका लालबहादुर हायु, १४ वर्षका बेगबहादुर हायु, १२ वर्षका सुवर्ण हायु, ११ वर्षका लक्की हायु, ४ वर्षकी नातिनी रियासा हायु र १ वर्षका नाती अर्जुन हायु रहेका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend