२०८३, आश्विन २३ गते

images

विमलनगरमा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध

विमलनगरमा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध

सोमवार, श्रावण १२ २०८२१०:१६
सोमवार, श्रावण १२ २०८२१०:१६
  • images

    काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ४ विमलनगरस्थित चुनपहराबाट सुख्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

    सोमबार साँझ ८ः३० बजे सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएसँगै दुवैतर्फ सवारी साधनको लाम लागेको छ ।

    प्रहरीका अनुसार सडकको बीच भागमा ठूलाठूला ढुंगा खसेका कारण राजमार्ग अवरुद्ध भएको छ । प्रहरी र ट्राफिक प्रहरी खटाएर सडकका ढुंगा पन्छाउने कार्य भइरहेको छ । 

    पहिरो हटाएर राजमार्ग शुरु गराउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । उक्त स्थानमा सडक निर्माण कार्य हालैमात्र सम्पन्न भएको हो । चुन पहरा भत्काउँदा पहिरोका जोखिम हुने भएपछि खोला किनारबाट उकासेर सडक विस्तार गरिएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend