काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालको आयोजना गर्न लागेको पावर समिटको मिति परिवर्तन भएको छ । इप्पानको विशेष समारोह मध्येको एक ऊर्जा सम्मेलनको नयाँ संस्करण पावर समिट, २०२५ को पूर्वनिर्धारित मिति परिवर्तन भएको हो ।
यस अघि तय भएको असोज १ र २ गते हुने भनिएको समिटको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएपछि इप्पानले समिट पर धकेलेको हो ।
उक्त भ्रमणमा इप्पान पदाधिकारीहरुको समेत सहभागीता हुने भएकोले पावर समिटको मिति पछाडि सारिएको इप्पानले जनाएके छ ।
अब इप्पानले असोजको २९ र ३० गते सोल्टी होटलमा समिट गर्नेछ । सन् २००६ देखि हरेक २र२ वर्षमा आयोजना हुँदै आएको पावर समिटको यो नवौ संस्करण हो ।
सरकारले अघि सारेको सन २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुरयाउने ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पुरयाउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रिय बजारमा व्यापार गर्नरगराउन ३० भन्दा धेरै देशका लगानीकर्ताहरु, कुटनीतिक तथा विकास साझेदार नियोगका अधिकारीहरु, सरकारी तथा गैरकारी निकायका प्रतिनीधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एउटै छानामुनी भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुकोबारे नीतिगत बहस गर्ने मुख्य उद्देश्यले इप्पानले पावर समिटको नवौं संस्करण आयोजना गर्न लागेको हो ।

