२०८३, आश्विन २३ गते

images
  • समाचार
  • घुस प्रकरणमा मुछिएका भूमीमन्त्रीले गरे उपत्यका...

घुस प्रकरणमा मुछिएका भूमीमन्त्रीले गरे उपत्यका सहित १० जिल्लाका मालपोत प्रमुखको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

घुस प्रकरणमा मुछिएका भूमीमन्त्रीले गरे उपत्यका सहित १० जिल्लाका मालपोत प्रमुखको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

बिहिवार, श्रावण १५ २०८२१२:५८
बिहिवार, श्रावण १५ २०८२१२:५८
  • images

    काठमाडौँ । घुस प्रकरणमा मुछिएका भूमी व्यवस्थामन्त्री बलराम अधिकारीले उपत्यकाका तीन जिल्ला सहित १० जिल्ला मालपोतका प्रमुखको सरुवा गरेका छ्न । पोखराको लिचीबगैंचाको १३५ रोपनी जग्गा प्रकरणमा मुछिएका अधिकारीले नियम विपरित मालपोतका प्रमुखको सरुवा गरेको पाइएको हो । 

    मन्त्रीबाट हटाउने तयारी चलेको भनिरहँदा उनले हतारमा प्रक्रिया समेत मिचेर  बुधबार साँझ १० जना कर्मचारीको सरुवा गरेका हुन् । 

    उनीहरुलाई ती कार्यालयमा सरुवा गराउन एक बिचौलिया सक्रिय थिए । तीनै व्यक्तिको प्रस्तावअनुसार मन्त्री अधिकारीले मालपोत प्रमुखको सरुवा गरेको मन्त्रालय स्रोत बताउँछ ।

    मन्त्रालयमा सल्लाह समेत नगरी उनले एक्कासी मालपोत प्रमुखको सरुवा गरेकाले यसमा पनि मन्त्रीको नियतमाथि प्रश्न उठेको छ । 

    निजामती सेवा नियमावलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमतिमा कार्यालय प्रमुखको काजसरुवा गर्ने प्रावधान छ । मन्त्री अधिकारीले सहमति समेत नलिई सरुवा गरेका हुन् । यसअघि मन्त्री अधिकारीले भक्तपुर मालपोतमा पठाएका उपसचिव कुमार आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको थियो ।

    उनले उपत्यकाका ३ जिल्ला सहित कास्की, विरगंज, धादिङ, धनकुटा, दोलखा, सुर्खेत लगायतका जिल्लाका मालपोत प्रमुखको सरुवा गरेका हुन् । 

    मन्त्रालयले मालपोत कार्यालय धनकुटामा दरबन्दी भइ हाल राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा काजमा कार्यरत रहेका रविन ढकाललाई मालपोत कार्यालय कलंकीमा सरुवा गरिएको छ । यस्तै मालपोत कार्यालय,खैरहानी चितवनबाट उपसचिव ज्ञानेन्द्र ढकाललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सरुवा गरिएको छ ।

    दोलखा मालपोत प्रमुख हिरादेवी पौडेललाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै सुर्खेतका मालपोत प्रमुख राजेन्द्रप्रसाद पौडेल दोलखामा खटाइएको छ । सरुवाको सूची अनुसार, कलंकी मालपोतमा कार्यरत रहेका पूर्ण बहादुर केसीलाई मालपोत कार्यालय,कास्की पुर्याइएको छ । लामो समयपछि लगनखेल मालपोत प्रमुख जीवन राज सेढाईलाई फिर्ता गराउने विचौलियाको योजना सफल भएको छ । सेढाईलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । 

    यस्तै पर्साको प्रमुख रहेका अशोक कुमार भट्टराई मालपोत कार्यालय लगनखेल पुगेका छन् । अशोकलाई लगनखेल ल्याउनका लागि लाखौं रकमको चलखेल भएको स्रोतको दावी छ । 

    यस्तै खेमराज खत्री मालपोत कार्यालय धादिङबाट मालपोत कार्यालय वीरगंज पर्सा पुर्याइएको छ भने केही महिना अगाडिमात्र शाखा अधिकृतबाट उपसचिवमा उक्लिएका माधव घिमिरे मालपोत कार्यालय भक्तपुर पठाइएको छ । मनोज कुमार पोखरेल मालपोत कार्यालय गौशाला महोत्तरीबाट मालपोत कार्यालय धादिङ पुगेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend