२०८३, आश्विन २१ गते

images

देशभर पुग्यो टेलिकमको एफटीटीएच फाइबर

देशभर पुग्यो टेलिकमको एफटीटीएच फाइबर

सीएनएन खबर
शनिवार, भाद्र १ २०८१०४:३८
सीएनएन खबर
शनिवार, भाद्र १ २०८१०४:३८
  • images

    काठमाडौँ । नेपाल टेलिकमले वितरण गर्दै आएक एफटीटीएच प्रविधिको एनटी फाइबर ७७ जिल्लामा पुगेको छ । शुक्रबार 
    नेपाल टेलिकमले हुम्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा पुर्याएसँगै देशभर पुगेको हो । 

    शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुुअल रुपमा सो सेवाको शुुभारम्भ गरसँगै नेपाल टेलिकमको एनटी फाइबर नेपालका सबै जिल्लामा पुगेको हो । 

    सो अवसरमा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालय सम्म दूरसञ्चार सेवा पु¥याउने कार्यका लागि नेपाल टेलिकमले महत्वपूर्ण भूमिका खेल्ने बताए । सरकारको एक महत्वपूर्ण कदमको रुपमा देशका ७७ वटै जिल्लामा फाइबर सेवा पुगेको र यसबाट आगामी दिनमा अझै महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा उनले गरे ।

    नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनी र सरकारका लागि यो महत्वपूर्ण दिन भएको बताउँदै सेवा उपलब्ध गराउने कार्यमा सहयोग पु¥याउनु हुने जनप्रतिनिधि र कर्मचारी सबैलाई धन्यवाद प्रदान गरिन । आगामी दिनमा समेत सेवालाई अझै प्रभावकारी बनाउनका लागि उनले सबैको सहयोगको अपेक्षा गर्नुभयो । 

    नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पहिले कपर प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध भइरहेकोमा अब अन्य जिल्लामा जस्तै हुम्ला जिल्लामा पनि फाइबरबाट इन्टरनेट सेवा उपलब्ध हुने र सेवामा पनि स्तरोन्नति हुने बताईन । कर्णालीका विकट जिल्लाहरुमा समेत नेपाल टेलिकमले आफ्नो स्रोत, साधन र सम्भाव्यताका आधारमा सेवा विस्तार गरिरहेको र यस्ता स्थानमा सोलारबाट समेत सेवा सञ्चालन गरेको बताईन । आगामी दिनमा सडक र विद्युतको पहुँचसँगै सेवाको गुणस्तरमा समेत स्तरोन्नति हुने उनको भनाई थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend