२०८३, आश्विन २३ गते

images

चक्रे मिलनसहित ६७ जना प्रहरी नियन्त्रणमा

चक्रे मिलनसहित ६७ जना प्रहरी नियन्त्रणमा

शुक्रवार, श्रावण १६ २०८२०८:१२
शुक्रवार, श्रावण १६ २०८२०८:१२
  • images

    काठमाडौँ । प्रहरीले गुण्डागर्दीमा संलग्न रहेको भन्दै चक्रे मिलनसहित ६७ जनालाई पक्राउ गरेको छ । बिहीबार मध्यराति महाराजगञ्ज क्षेत्रमा अप्रेसन चलाएर प्रहरीले गुण्डा नाइके चक्रे मिलनसहित गुण्डागर्दीमा संलग्न ६७ जनालाई पक्राउ गरेको हो । 

    महाराजगंजमा गुण्डा नाइके चक्र मिलनको बर्थ डे मनाएर होहल्ला गरिरहेको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

    अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार चक्रे मिलनको ‘बर्थडे पार्टी’मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरू भेला भएको सूचनाको आधारमा प्रहरीले अप्रेसन चलाएको थियो । पक्राउ परेका ६७ जनाको सुक्रिनिङ भैरहेको आचार्यले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend