२०८३, आश्विन २१ गते

images

एनसेलका सीईओ‌ जाब्बोरले दिए राजीनामा, निमित्तको जिम्मा इनामुललाई

एनसेलका सीईओ‌ जाब्बोरले दिए राजीनामा, निमित्तको जिम्मा इनामुललाई

शुक्रवार, श्रावण १६ २०८२०४:०४
शुक्रवार, श्रावण १६ २०८२०४:०४
  • images

    काठमाडौँ । मोबाइल सेवाप्रदायक एनसेलका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले राजीनामा दिएका छन् ।

    उनले पारिवारिक कारण देखाउँदै एनसेलबाट विदा लिएपछि एनसेल सञ्चालक समितिले प्रमुख वित्तीय अधिकृत (सीएफओ) सेद एमडी इनामुल कबिरलाई निमित्त सीईओको जिम्मेवारी दिएको छ ।

    जाब्बोरले राजीनामा दिएपछि एनसेलले वेबसाइटबाट उनको नाम हटाइएर निमित्त सीईओ इनामुलको नाम राखेको छ । जाब्बोर एनसेल आजियाटामा २०८० साल वैशाख २६ गते सीईओ एवं प्रबन्ध निर्देशकको रूपमा नियुक्त भएका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend