काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार एकैदिन सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको हो ।
महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२३५ रुपैयाँ रहेको चाँदी आज २२५० रुपैयाँ पुगेको छ ।

