२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, श्रावण २० २०८२११:१०
मंगलवार, श्रावण २० २०८२११:१०
  • images

    काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ९६ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । 

    आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार १८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend