काठमाडौँ । यस वर्षको नाडा अटो शोमा फ्लाइङ कार प्रदर्शन हुने भएको छ । नाडा आटोमोबाइल्स एसोसियसन अफ नेपालको आयोजनामा भदौ ३ गतेदेखि प्रदर्शन हुन लागेको उक्त शोमा उड्नेदेखि गुड्नेसम्मका गाडीहरु प्रदर्शनमा राखिने भएको हो ।
नेपालमा नै पहिलो पटक चांगानको फ्लाइङ कार प्रदर्शन हुन लागेको हो । नाडाले अटो शो लाई लक्षित गरेर उक्त कार ल्याउन लागेको जनाएको छ । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शो २०२५ मा चांगानले फ्लाइङ कार प्रदर्शन गर्ने भएको हो ।
नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शोको मुख्य प्रायोजक एमएडब्लू वृद्धिले फ्लाइङ कार नेपाल ल्याउन लागेको बताए ।
अर्बान एयर मोबिलिटी शोलुसन डेभलपर ईहांगले स्ट्राटिजिक पार्टनरशिप चांगान अटोमोबाइलसँग रहेको छ । चांगानले विकास गरेको इलेक्ट्रीक भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ फिचर रहेको यो फ्लाइङ कार लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी र चांगानको अटोमोबाइल भेहिकल उत्पादन क्षमताको भरपुर प्रयोग भएको छ ।
चांगानले यो फ्लाइङ कार टेक्नलोजीमा आगामी ५ वर्षमा २० अर्ब युवान लगानी गर्ने घोषणा गरेको छ ।
१९ चारपाँग्रे ब्रान्ड, १२५ भन्दा बढी कम्पनीको सहभागिता
सबैभन्दा ठूलो अटो शोका रुपमा हेरिएको यस वर्षको अटो शोमा १९ वटा चारपांग्रे ब्रान्डको उपस्थिति रहने भएको छ । यस्तै, १३ वटा हलुका व्यावसायिक सवारीसाधन ब्रान्ड, ५ वटा दुईपांग्रे ब्रान्ड, ३५ वटा ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरुलगायत कम्पनीहरु, १२५ भन्दा बढी प्रदर्शक र १ लाख बढीले अवलोकन गर्ने नाडाको अपेक्षा लिएको छ ।
३ लाख वर्गफुट क्षेत्रफल र १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने नाडाले जनाएको छ ।
यसका साझेदार संस्थाहरुमा एमएडब्लु वृद्धि (युनिट्री) शीर्ष प्रायोजक रहनेछ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सहप्रयोजन गर्नेछ ।
पावर्डबाईमा क्याम्पाकोला, मोबिलिटी पार्टनरमा यांगो, एक्सक्लुसिभ टिकेटिङ पार्टनर खल्ती बाई आईएमई (भदौ २सम्म अग्रिम टिकटमा २० प्रतिशत क्यासब्याक) र अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिंक रहनेछ ।
त्यसैगरी सर्भिलियन्स पार्टनरमा सीसीटीभी नेपाल, फायर सेफ्टी पार्टनरमा हिमालयन सेफ्टी सोलुसन्स प्रालि, हस्पिटल पार्टनरमा किस्ट हस्पिटल, हस्पिटालिटी पार्टनरमा द प्लाजा रहेको छ ।
यसबाहेक डोर प्राइज नेपाल ल्युब आयल लिमिटेड रहेको छ। यसले १२ विजेतालाई एक वर्षका लागि हरेक सर्भिसमा निःशुल्क ल्युब्रिकेन्ट उपलब्ध गराउनेछ ।
यसको इभेन्ट म्यानेजमेन्ट ग्लोबल एक्सपोजिसन एन्ड मेनेजमेन्ट सर्भिस प्रालि रहेको छ ।

