२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • यस्तो छ कुलिङ पिरियड छानबिन समितिको...

यस्तो छ कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

मंगलवार, श्रावण २० २०८२०४:५५
मंगलवार, श्रावण २० २०८२०४:५५
  • images

    काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न गठित विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ।

    मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा समितिका सभापति जीवन परियारले सभामुख देवराज घिमिरेलाई बुझाएको छानबिन प्रतिवेदन सार्वजनिक भएको हो ।

    प्रतिवेदन बुझाउँदै समितिका सभापति परियारले प्रतिवेदन निर्माण गर्ने क्रममा सरोकारवाला सबैसँग छलफल गरेको जानकारी दिए । आगामी दिनमा यस प्रकारका त्रुटि हुन नदिन आवश्यक सुझाव दिइएको उनले बताए ।  

    प्रतिनिधिसभाले गठन गरेको छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार र  सुशीला थिङ,  एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य रहेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend