काठमाडौँ । शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि.ले विद्युतीय सवारी क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै १४ देखि १९ सिट क्षमताका व्यावसायिक ईभी गाडीहरू सार्वजनिक गर्दैछ । यी गाडीहरू Farizon, Chery Wanda र King Long जस्ता चिनियाँ प्रख्यात ब्रान्डहरूमार्फत उपलब्ध गराइएका हुन् ।
NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा जगदम्बा मोटर्सले आफ्नो व्यावसायिक ईभी गाडीहरूको प्रदर्शन गर्दै नेपालको विद्युतीय सवारी क्षेत्रमा थप गति ल्याउने विश्वास व्यक्त गरेको छ ।
निजी सवारीपछि अब व्यावसायिक सवारीतर्फ पनि विद्युतीय गाडीप्रतिको आकर्षण तीव्र हुँदै गएको सन्दर्भमा जगदम्बा मोटर्सले यस्तो व्यावसायिक ईभी विकल्प ल्याएको हो ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेट्वालले भने, ‘हामी विविध व्यावसायिक समाधानहरू प्रस्तुत गर्दै एक्स्पोमा सहभागी भएका छौं । विद्युतीय सवारी साधनको उपस्थितिलाई अझ बलियो र प्रभावकारी बनाउने दिशामा विविधता ल्याउन आवश्यक छ, त्यहीँ अनुरुप हामीले १४ देखि १९ सिट क्षमताका व्यावसायिक ईभी गाडीहरू सार्वजनिक गर्दैछौँ ।’

