२०८३, आश्विन २१ गते

images
  • अटो
  • नाइमा एक्स्पोमा बीवाईडीको नयाँ ह्याचब्याक कार...

नाइमा एक्स्पोमा बीवाईडीको नयाँ ह्याचब्याक कार एटो-वान सार्वजनिक, कति पर्छ मूल्य ?

नाइमा एक्स्पोमा बीवाईडीको नयाँ ह्याचब्याक कार एटो-वान सार्वजनिक, कति पर्छ मूल्य ?

बुधवार, श्रावण २१ २०८२०१:४२
बुधवार, श्रावण २१ २०८२०१:४२
  • images

    काठमाडौँ । बुधबारदेखि सुरु भएको पहिलो नाइमा एक्स्पोमा बीवाईडीको नयाँ ह्याचब्याक कार एटो-वान सार्वजनिक भएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडीको नयाँ ह्याचब्याक कार एटो-वान दुई भेरियन्टमा सार्वजनिक गरेको हो।

    विभिन्न देशहरुमा फरक नामबाट बिक्री हुँदै आएको एटो–वान नाइमा नेपाल मोविलिटी एक्स्पोबाट बिक्री सुरु भएको हो। चीनमा सिगल, युरोपमा सर्फ जस्ता नामले बिक्री हुँदै आएको ह्याचव्याक कार नेपालमा भने एटो(वान नामबाट उपलब्ध भएको हो।

    एटो(वान स्ट्याण्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरियन्टमा आएको छ। डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।

    कम्पनीले स्ट्याण्डर्ड रेन्ज भनेको डाइनामिक भेरियन्टमा ३०।०८ किलोवाट अवार र लङ रेन्ज प्रिमियम भेरियन्टमा ३८।८८ किलोवाट अवारको ब्याट्री प्याक दिएको छ। यी दुई भेरियन्टको रेन्ज क्रमशः २३० र ३०० किलोमिटरको हुने एनइडीसीले प्रमाणित गरेको छ। एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने ह्याचव्याक कारको रुपमा यसको बिक्री सुरु भएको हो।

    इन्ट्री लेबल ह्याचब्याक साइजको यो कार नेपाली बजारमा धेरै समयदेखि प्रतिक्षा गरिएको मोडल हो। सिगलको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५८० एमएम र ह्वीलबेस २५०० एमएम रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend