काठमाडौँ । गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीका लागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमले ग्राहकहरूलाई थप भरोसा दिलाउँदै नेपाली बजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनिदेखाएको छ ।
सो कार्यक्रम मार्फत गोगोरो नेपालमा निश्चित दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ । यो कार्यक्रम २०८२ साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको छ र यस अन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४० हजार किलोमिटर (जुनपहिले पुग्छ) अवधिभित्र १ लाखको बाइब्याक ग्यारेन्टी गर्नेछ ।
विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्यचिन्ताभनेको ब्याट्री बिग्रँदै जानु हो, जसले रिसेल भ्यालु घटाउँछ । तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ । परम्परागतईभीहरुमा ब्याट्री सवारीधनीकै हुन्छ भने गोगोरोमाग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री स्वीइप स्टेशन वा स्वाप गर्ने हो । यसकै परिणामस्वरूप, गोगोरो बाइब्याकग्यारेन्टी दिन सक्ने स्थितिमापुगेको छ र नेपालको विद्युतीययातायातबजारमा भरोसा र दीर्घकालीनमूल्यको नयाँ मापदण्ड स्थापना गरेको छ ।
“गोगोरो नेपालको यातायातको भविष्यहो”नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले भने,“सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ। हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेकाथियौं। आजहामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौं।”
नाइमामा विशेष अफर
बाइब्याकग्यारेन्टीसँगै गोगोरोले नाइमा एक्स्पोमा उक्त अफर राखेको छ ।
दशैं अफरको सुरुवातःनाइमा मा गोगोरोले दशैंविशेष स्किम पनि घोषणा गर्दैछ जसमा ब्याट्री स्वाप प्रणालीमा आउनचाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधाहरू दिइनेछ ।
ब्याट्री स्वापलाइभ डेमोःआगन्तुकहरूले गोगोरोको छिटो, सजिलो र अत्याधुनिक ब्याट्री स्वापप्रविधिप्रत्यक्ष रूपमाअवलोकन र अनुभवगर्न सक्नेछन्।
अप्टिमाइज गरिएको स्वाप स्टेशनप्रदर्शनःगोगोरोको काठमाडौंभरका ४५ वटा स्वाप स्टेसनहरूलाई अब अझ छिटो सेवा दिन र भरपर्दोबनाउन अप्टिमाइज गरिएको छ।
अपग्रेड गरिएको जेइजीओ स्कुटर प्रदर्शनःयहाँहरू हालसालै अपग्रेड गरिएको जेइजीओ स्कुटरको सुरुमै अवलोकन गर्नेहरू मध्येमापर्न सक्नु हुनेछ किनकिअपग्रेड गरेपछि यो पहिलोपटक सार्वजनिक रुपमाप्रदर्शन हुँदैछ।

