काठमाडौँ । बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाको बायोपिक फिल्मको छायांकन नै अन्योल बनेको छ । थापाले भ्रष्टाचार गरेको ठहर भएसँगै उनको फिल्म मेयर को भविष्य अन्योलग्रस्त बनेको हो ।
फागुन २ गते निर्देशक दीपेन्द्र के खनालले शीर्ष भूमिकामा खगेन्द्र लामिछानेलाई लिएर फिल्म छायांकन गरेका थिए । छायांकन सकिएर पनि यो फिल्म पोस्ट प्रोडक्सनको चरणमा थियो ।
निर्देशक खनाल त्यसपछि ‘हरिबहादुरको जुत्ता’मा ब्यस्त रहे । उनी यतिबेला अर्को बायोपिक फिल्म ‘क्याप्टेन साब’को छायांकनमा ब्यस्त छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले ३० करोड २९ लाख ३४ हजार ९७ रुपैयाँ बराबरको नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको हो ।
अदालतले १ वर्ष कैद सजाय र बिगो माग बमोजिमको ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना तोकेको छ । अदालतले मेयर थापा र उनको परिवारको आय र व्ययको विश्लेषण गर्दा आयभन्दा व्यय ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ बढी देखिएको फैसला गरेको छ ।
विशेषले सजाय सुनाउन आगामी साउन २९ गतेका लागि पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो दुई वर्षयता सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा निर्मित माछापोखरी ९भरत ताल० माथि सिलसिलेवार अनुसन्धान गरेको थियो । सो क्रममा ताल निर्माण गर्दा सिलसिलाबद्ध रुपमा भ्रष्टाचार भएको भनी तीनवटा मुद्दा दायर भएको थियो ।
बागमतीका मेयर थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा दोषी ठहर, उपमेयरले पाइन सफाइ

