२०८३, आश्विन २३ गते

images
  • समाचार
  • कैलाली कारागारमा कैदीबन्दीबीच झडपः १ जनाको...

कैलाली कारागारमा कैदीबन्दीबीच झडपः १ जनाको मृत्यु, ४४ घाइते

कैलाली कारागारमा कैदीबन्दीबीच झडपः १ जनाको मृत्यु, ४४ घाइते

शनिवार, श्रावण २४ २०८२०७:२०
शनिवार, श्रावण २४ २०८२०७:२०
  • images

    काठमाडौँ । धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्या प्रहरी परिचालन गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको बताए ।

    बिहीबारदेखि उक्त कारागारमा रहेका कैदीबन्दीबीच झडप सुरु भएको थियो । शुक्रबार राती पुनः झडप हुुँदा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा शनिबार मृत्यु भएको थियो । 

    यस्तै, उक्त घटनामा घाइते भएका गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई 
    नेपाली सेनाको स्काई ट्रक मार्फत थप उपचारका लागि काठमाडौं लगिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

    स्काई ट्रक धनगढी विमानस्थल पुग्दैछ । गम्भीर अवस्थाका भट्टको सेती प्रादेशिक अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ । अवस्था बिग्रँदै गएपछि उनलाई उपचारका लागि काठमाडौं लगिने भएको हो ।

    घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा शनिबार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिनका लागि समिति गठन गरेको छ । 

    कारागारमा कैदीबन्दीबीच शुक्रबार राति भएको झडपमा घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा शनिबार मृत्यु भएको थियो । 

    घटनामा घाइते भएका ४४ कैदीबन्दीको सेती प्रादेशिक अस्पताल नजिकै कोरानाकालमा निर्माण गरिएको अस्पतालमा उपचार भइरहेको छ । कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो । 

    यसअघि बिहीबार राति पनि उनीहरूबीच आपसमा हानाहान भएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कारागार पुगेर सम्झाइबुझाइ गरेपछि अवस्था सामान्य बनेको थियो ।

    कारागारका कर्मचारी रामप्रसाद चौधरीले पुनः शुक्रबार राति कैदीबीच आपसमा ढुङ्गामुढा हानाहान भएको बताए । यसअघि गएको असार २८ गते पनि यहाँ कैदीबन्दीबीच कुटाकुट भएको थियो । 

    कैदीबन्दीको सरुवाबारे मतऐक्यता हुन नसक्दा विवाद उत्पन्न भई झडप हुने गरेको जनाइएको छ । १५० जना क्षमताको कैलाली कारागारमा हाल ६८० जना रहेका छन् ।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend