२०८३, आश्विन २३ गते

images
  • समाचार
  • सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका...

सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

आइतवार, श्रावण २५ २०८२०७:१०
आइतवार, श्रावण २५ २०८२०७:१०
  • images

    काठमाडौँ । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । 

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ । 

    मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन् । कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

    हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend