२०८३, आश्विन २३ गते

images
  • समाचार
  • जनकपुरमा रेल र कार ठोकियो, मानविय...

जनकपुरमा रेल र कार ठोकियो, मानविय क्षति भएन

जनकपुरमा रेल र कार ठोकियो, मानविय क्षति भएन

आइतवार, श्रावण २५ २०८२१०:०४
आइतवार, श्रावण २५ २०८२१०:०४
  • images

    काठमाडौँ । जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका छन् । बागमती प्रदेश ०१(२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो ।

    रेल भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै थियो । सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

    दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend