२०८३, आश्विन २३ गते

images

साताको पहिलो कारोबार दिन नै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, श्रावण २५ २०८२१०:४१
आइतवार, श्रावण २५ २०८२१०:४१
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आईतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । 

    महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन  शुक्रबार सुन एक लाख ९९ हजार ४ सय रुपौयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन  शुक्रबार चाँदी २ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । 

    आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार ७८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ९७ रुपैयाँ ५० पैसा रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend