२०८३, आश्विन २३ गते

images
  • समाचार
  • महाकाली नदीमा दुई बालिका नुहाउँदै बेपत्ता,...

महाकाली नदीमा दुई बालिका नुहाउँदै बेपत्ता, खोजी कार्य जारी

महाकाली नदीमा दुई बालिका नुहाउँदै बेपत्ता, खोजी कार्य जारी

सीएनएन खबर
आइतवार, श्रावण २५ २०८२०३:२५
सीएनएन खबर
आइतवार, श्रावण २५ २०८२०३:२५
  • images

    काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका -१२ ऐरीनजिकै आइतबार महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता भएकी बालिकाहरूको नाम जीविका पन्त र सानबी पन्त हुन्, जसको उमेर करिब ६–७ वर्षका छन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार अहिले उनको खोजी कार्य तीव्र रुपमा जारी छ।

    स्थानीयवासीले बताएअनुसार नदी किनारमा अन्य बालिका पनि नुहाइरहेका थिए, तीमध्ये दुई जना नदीको बगावटीले तानिएर बेपत्ता भएका हुन्। प्रहरीले घटनास्थलमा खोजी अभियान चलाउँदै नदीमा डुबेको हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बचाउकार्य गरिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend