२०८३, आश्विन २१ गते

images
  • अटो
  • नाडा अटो शो प्रधानमन्त्रीले उद्घाटन गर्ने,...

नाडा अटो शो प्रधानमन्त्रीले उद्घाटन गर्ने, मुख्य आकर्षण उड्ने कार

नाडा अटो शो प्रधानमन्त्रीले उद्घाटन गर्ने, मुख्य आकर्षण उड्ने कार

सोमवार, श्रावण २६ २०८२०६:४६
सोमवार, श्रावण २६ २०८२०६:४६
  • images

    काठमाडौँ । भदौ ३ गतेदेखि भृकुुटीमण्डपमा हुने नाडा अटो शो को प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । 

    आइतबार नाडाका अध्यक्ष करण चौधरीज्यूको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्री ओलीलाई भेटगरी भाद्र ३ गतेदेखि ८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप परिसरमा आयोजना हुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेको हो । 

    उक्त भेटघाटमा अध्यक्ष चौधरीज्यूले नाडा स्थापनाको ५० औं वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी गराएका थिए । 

    उनले यस वर्षको अटो शो मा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो मा राखिने जानकारी प्रधानमन्त्रीलाई गराएका थिए । 
    यस्तैगरी उनले पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका रोबोट्स् र डिप्पल इभी म्भभउब िभख्त्इी ग्ब्ख् जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने जानकारी दिए ।

    सो भेटघाटमा नाडा प्रतिनिधि मण्डलको सो आग्रहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सहर्ष स्वीकार गरेको नाडाले जनाएको छ । यसबाट अटोमोवाइल व्यवसायीहरुले थप हौसला र प्रेरणा मिलेको महशुस भएको नाडाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

    उक्त भेटभाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend