२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, श्रावण २६ २०८२१०:५८
सोमवार, श्रावण २६ २०८२१०:५८
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको हो । 

    महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ९९ हजार २ सय रुपौयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन  आइतबार चाँदी २ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो । 

    आज दश ग्राम सुनको मूल्य एक लाख ६९ हजार ८४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ८५ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend