२०८३, आश्विन २२ गते

images

जथाभावि अभिव्यक्ति नदिन एकीकृत समाजवादीको निर्देशन

जथाभावि अभिव्यक्ति नदिन एकीकृत समाजवादीको निर्देशन

मंगलवार, श्रावण २७ २०८२१०:२७
मंगलवार, श्रावण २७ २०८२१०:२७
  • images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

    पार्टी अनुशासन उल्लङ्घन  हुने गरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्ट समेत नगर्न पार्टीले आज सो निर्देशन दिएको हो ।  

    केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई आँच पुग्ने गरी अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा नलेख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरिएको जानकारी दिए ।

    “पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरकमतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न म आग्रह गर्दछु,” उनले भने । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend