२०८३, आश्विन २३ गते

images

गृहमा ५ सहसचिव र १६ उपसचिव बरन्डामा, तोकिएको स्थानमा नजाने १५ कर्मचारीको काटियो हाजिरी

गृहमा ५ सहसचिव र १६ उपसचिव बरन्डामा, तोकिएको स्थानमा नजाने १५ कर्मचारीको काटियो हाजिरी

मंगलवार, श्रावण २७ २०८२१०:५२
मंगलवार, श्रावण २७ २०८२१०:५२
  • images

    काठमाडौँ । गृह मन्त्रालयले तोकिएको कार्यालयमा नजाने १५ जना कर्मचारीको हाजिरी काटेको छ । पटक पटक सूचना जारी गरेर तोकिएको स्थानमा हाजिरी गर्न निर्देशन दिदा समेत अटेरी गरेको भन्दै गृहले २० साउनदेखि उनीहरुको हाजिरी काटेको हो । 

    गृह मन्त्रालयमा हाजिरी गर्दै आएका उनीहरुको मन्त्रालयले डिजिटल र रजिस्टर दुबैको हाजिरी काटिदिएको हो । मन्त्रालयले साउन १५ गते एक सूचना जारी गर्दै मन्त्रालयमा जगेडामा रहेका उनीहरूलाई पदस्थापना भएको कार्यालयमा उपस्थित हुनका लागि २४ घण्टे उर्दी जारी गरेको थियो । 

    उक्त उर्दी पश्चात ७ जना शाखा अधिकृत र १ जना नायब सुब्बा सम्बन्धीत कार्यालयमा गएका थिए । तर, ४ जना नायब सुब्बा र ११ जना शाखा अधिकृतले अटेरी गर्दै नगएपछि उनीहरुको हाजिरी काटिएको हो । 

    हाजिरी काटिने शाखा अधिकृतहरूमा मानकुमार बुढा, भागवतप्रसाद रेग्मी, शिला तिमसेना, युगेशकुमार यादव, बाबुराम पन्थी, दलबहादुर बस्नेत, मोहनप्रसाद निरौला, आनन्द विष्ट, सुन्दर बान्तवा, युवराज कट्टेल, खगराज गौतम छन् । यस्तै, नायब सुब्बाहरू कमल आचार्य, कृष्ण भट्टराई, विष्णु पौडेल, रामबाबु बराल र सुवास पौडेलको समेत हाजिरी काटिएको छ ।

    केही समयअघि गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागमा ४५ जना शाखा अघिकृतको सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्रालयले नयाँ शाखा अधिकृत पठाएपछि त्यहाँबाट ४५ जना शाखा अधिकृत गृह मन्त्रालय फर्किएका थिए । यी ४५ मध्ये केहीलाई गृहमन्त्रालय त केहीलाई सामान्य प्रशासन मन्त्रालयले नै विभिन्न स्थानमा पोस्टिङ गरेको थियो । काठमाडौंबाहिर पोस्टिङ भएका कर्मचारीले अटेर गरेर गृहमन्त्रालयमै बसेका थिए । 

    गृह मन्त्रालय स्रोतका अनुसार अहिले मन्त्रालयअन्तर्गत १६ जना उपसचिव र ५ जना सहसचिव जगेडामा रहेका छन् । 

    मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव छवि रिजाल दरबन्दीभन्दा बढी सहसचिव भएका कारण उनीहरु जगेडामा परेका हुन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend