काठमाडौँ । मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रीएका मोबाइललाई मर्मत गर्न सामसुङले नेपालमा सामसुङ मनसुन क्याम्प सुरु गरेको छ । मोबाइलको संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उदेश्यले उक्त क्याम्प सञ्चालनमा ल्याईएको कम्पनीले जनाएको छ ।
उक्त अफर सन् २०२५ को अगस्ट २४ सम्म सञ्चालन हुनेछ सामसुङ प्रयोगकर्ताले वारन्टी भए नभएका कुराले फरक नपारी अधिकृत सामसुङ सेवा केन्द्रमा गएर नोक्सान भएको चार्जिङ पोर्ट निशुल्क परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ ।
चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुनेछ, श्रम शुल्क र थप पार्ट्सको लागत ग्राहकले आफैंले व्यहोर्नु पर्नेछ। यो सेवा केवल सामसुङ का अधिकृत सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुनेछ।
सामसुङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख राजन भट्टराई भन्छन् ‘सामसुङ नेपालमा हामी हाम्रो ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध छौं। वर्षामा विशेष गरी चार्जिङ पोर्टमा असर गर्ने चिस्यान र पानीका जोखिमहरू बढ्छन्। त्यसैले हामी मनसुन क्याम्प मार्फत समयमै मर्मत सुविधा दिन चाहन्छौं, ताकि हाम्रा प्रयोगकर्ताले आफ्ना फोन प्रयोग गर्न सकून्।’
सामसुङ ले सबै प्रयोगकर्तालाई यो सीमित समयको सेवा उपयोग गर्न आग्रह गरेको छ। थप जानकारी तथा नजिकको सेवा केन्द्र पत्ता लगाउनका लागि सामसुङ कस्टमर कियर सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

