२०८३, आश्विन २३ गते

images

रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

बुधवार, श्रावण २८ २०८२०४:५५
बुधवार, श्रावण २८ २०८२०४:५५
  • images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा दिएका छन्।

    हिजो संसदमा राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

    निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको छेडखानीको छानबिन गर्ने संसदीय समितिले उनलाई नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन्।

    खतिवडाले हिजो भनेका थिए, “प्रतिवेदनमा ‘जिम्मेवारी’ भन्ने शब्द प्रयोग भएकोले म जिम्मेवारी बोध गर्दै आज राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिँदैछु।”

    image-72.png
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend