२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • २ लाख ४२ हजारले पाए दरमखोला...

२ लाख ४२ हजारले पाए दरमखोला हाइड्रो इनर्जीको आईपीओ, यसरी हेर्नुस नजिता

२ लाख ४२ हजारले पाए दरमखोला हाइड्रो इनर्जीको आईपीओ, यसरी हेर्नुस नजिता

बिहिवार, श्रावण २९ २०८२१०:४६
बिहिवार, श्रावण २९ २०८२१०:४६
  • images

    काठमाडौँ । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । लिमिटेडले साउन १५ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँड भएको हो ।

    कम्पनीले २४ लाख २३ हजार १ सय ८५ कित्ता शेयर निष्काशन गरेको थियो। जसमा २२ लाख ९६ हजार ४ सय ६५ जनाबाट २ करोड ६४ लाख ९८ हजार ५ सय ९० कित्ताको लागि आवेदन परेको थियो । 

    आवेदन दिनेमध्ये २२ लाख ८३ हजार २ सय २६ जनाको आवेदन योग्य भएको थियो। जसमध्ये २ लाख ४२ हजार ३ सय १२ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। यस्तै, ५ जनाले ११ कित्ता शेयर पाएका छन् । 

    आईपीओको नतिजा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, मेरो शेयर सीडीएस एन्ड क्लियरिङले नतिजा हेर्न बनाएको वेबसाइट र कम्पनीको वेबसाइट​बाट हेर्न सकिने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend