२०८३, आश्विन २३ गते

images

इजी रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, विश्वभरबाट सजिलै  रकम पठाउन सकिने

इजी रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, विश्वभरबाट सजिलै  रकम पठाउन सकिने

बिहिवार, श्रावण २९ २०८२०५:१८
बिहिवार, श्रावण २९ २०८२०५:१८
  • images

    काठमाडौँ । इजी रेमिट र नियो मनी ट्रान्सफरले छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा प्रदानको लागि भुक्तानी सम्झौता गरेका छन् । यो सम्झौतासँगै इजी रेमिटको माध्यमबाट नियो मनि ट्रान्सफर मार्फत नेपालका कुनैपनि बैंक खाता, वा भुक्तानी सेवा प्रदायकका वालेटमा रेमिट्यान्स् पठाउन सकिन्छ । यसका साथै नियो मनि ट्रान्सफरका स्थानीय एजेन्टहरुबाट  समेत रकम प्राप्त गर्न सकिनेछ । 

    यो नयाँ साझेदारीले पैसा पठाउनको लाग एक भरपर्दो र आधिकारिक माध्यम प्रदान गर्नेछ, जसले अनौपचारक कारोबारको सट्टा सुरक्षित विकल्पलाई प्रोत्साहन गर्दछ । यस साझेदारीले इजी रेममटको ठूलो विश्वव्यापी सञ्जाल र नियो मनी ट्रान्सफरको नेपालभर फैलिएको बलियो सञ्जालले रेमिट्यान्स् भुक्तानीलाई अझ सहज र सरल बनाउने अपेक्षा गरिएको छ । 

    “इजी रेमिटसँग मिलेर अझ राम्रो रेमिट्यान्स सेवा दिन पाउनु हाम्रो लागि सम्मानको कुरा हो,“ नियो मनी ट्रान्सफर सिईओ सागर खनालले भने, “हाम्रो संयुक्त प्रयासले पैसाको लेनदेनलाई छिटो र भरपर्दो बनाउनेछ, र यसरी औपचारक माध्यमको प्रयोगलाई बढावा दएर देशको वित्तीय प्रणालीलाई बलियो बनाउन मद्दत गर्नेछ भन्ने हामीलाई विश्वास छ ।”

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend