२०८३, आश्विन २३ गते

images

अब ९७ हिमालको नि:शुल्क आरोहण

अब ९७ हिमालको नि:शुल्क आरोहण

शुक्रवार, श्रावण ३० २०८२११:०८
शुक्रवार, श्रावण ३० २०८२११:०८
  • images

    काठमाडौँ । नेपालले आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण निःशुल्क गरेको छ । केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ९७ वटा हिमालको आरोहण निःशुल्क गरेको हो ।

    १८ साउनको मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण हिमाल आरोहण निःशुल्क बनाएको हो । यी दुई प्रदेशमा ९७ वटा हिमाल छन् । 

    जसमध्ये तीनवटा सात हजार मिटर माथिका रहेका छन् । यी हिमालहरुको सलामी दस्तुर विदेशीका लागि १ सय ७५ डलरदेखि ५ सय डलरसम्म पर्छ।

    hi1.JPG

    hi2.JPG

    hi3.JPG

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend