२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • साताको पहिलो दिन नै घट्यो सुनचाँदीको...

साताको पहिलो दिन नै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो दिन नै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, भाद्र १ २०८२१०:४३
आइतवार, भाद्र १ २०८२१०:४३
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । 

    महासंघका अनुसार आइतबार सुन तोलामा एक लाख  ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य एक लाख ९६ हजार २०० रुपैयाँ थियो ।

    यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    आज दश ग्राम सुनको मूल्य एक लाख ६७ हजार ६१० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९८० रुपैयाँ ५० पैसा रहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend