२०८३, आश्विन २३ गते

images
  • समाचार
  • प्रमुख प्रशासकीय अधिकृत सहित १२ जना...

प्रमुख प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा

आइतवार, भाद्र १ २०८२०८:४२
आइतवार, भाद्र १ २०८२०८:४२
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले प्रमुख प्रशासकीय अधिृकत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर, वडा अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

    आयोगका प्रवक्ता पौडेलका अनुसार आर्थिक वर्ष ९आव० २०७७/०७८ मा गाउँपालिका वडा नम्बर १ स्थित जवलधारा पीसीसी सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको उजुरीका आधारमा आयोगले अनुसन्धान थालेको थियो ।

    अनुसन्धानका क्रममा मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम ३६ लाख ४० हजार र योजना सम्झौता बमोजिम जनश्रमदान ३ लाख ७३ हजार ४३९ रुपैयाँ गरी कुल लागत अनुमान ४० लाख १३ हजार ४३९ रुपैयाँमा कार्य सम्पन्न गर्ने गरी उपभोक्ता समिति र गाउँपालिका बीच सहमति भएको पाइएको थियो ।

    तर काम नै नगरी वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य भएको भनी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरे गराएको पाइएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । 

    आयोगले मल्लसहित इन्जिनियर प्रकाश आचार्य, सबइन्जिनियर जगतबहादुर मल्ल, लेखापाल जेठबहादुर बुढा र योजना शाखा प्रमुख नवीन बुमीलाई पनि प्रतिवादी बनाएको छ ।

    यस्तै, जवलधार पीसीसी सडक निर्माण योजनाको श्रम कार्यदल ९उपभोक्ता समिति०का अध्यक्ष चक्रबहादुर छत्याल, सह–संयोजक विष्णु छत्याल, कोषाध्यक्ष घोगीसरा शाही र सचिव मुकुन्दे दमाईंलाई पनि प्रतिवादी बनाएको छ ।

    यस्तै, गाउँपालिका कार्यपालिका सदस्य एवं जवलधारा पीसीसी सडक निर्माण अनुगमन समिति संयोजक दलवीर सार्की, समिति सदस्य पुने शाही र सोरु गाउँपालिका वडा नम्बर १ का तत्कालीन वडा अध्यक्ष मिसिन्द्र शाहीलाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको प्रवक्ता पौडेलले जानकारी दिएका छन् । 

    आयोगले उनीहरूविरुद्ध ७ लाख ६ हजार ७९९ रुपैयाँ बिगो कायम गरेर कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend