२०८३, आश्विन २३ गते

images

मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त

मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त

सोमवार, भाद्र २ २०८२०६:४४
सोमवार, भाद्र २ २०८२०६:४४
  • images
    काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरिएको छ ।
     
    मन्त्रिस्तरीय निर्णयले कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयले जनाएको छ । दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख थिए ।
     
    आइतबार कार्यकारी निर्देशकको पदवहाली गरेका मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
     
    त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक ई रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ । 
     
    विभागको परिवर्तित स्थायी संरचनाअनुसार तीन जना उपमहानिर्देशकको दरबन्दी रहेकामा हाल तीनै जना उपमहानिर्देशक नियुक्त गरिएपछि विभागले पूर्णता प्राप्त गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend