२०८३, श्रावण २५ गते

images
  • अटो
  • आजदेखि नाडा अटो शो, मुख्य आकषर्ण...

आजदेखि नाडा अटो शो, मुख्य आकषर्ण उड्ने कार

आजदेखि नाडा अटो शो, मुख्य आकषर्ण उड्ने कार

images
मंगलवार, भाद्र ३ २०८२०८:०५
मंगलवार, भाद्र ३ २०८२०८:०५
  • काठमाडौँ । अटो व्यवसायीहरुको छात्ता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ आजदेखि सुरु हुँदैछ । 

    राजधानीको भृकुटीमण्डपमा  ‘गो फर मोर’ नाराका साथ आयोजना हुने प्रदर्शनीको उद्घाटन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । 

    नाडाका अनुसार यस अटो शोले नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्णलाई एकै छानामुनि ल्याउने विश्वास गरिएको छ ।

    कुनै समय आयातमा मात्रै केन्द्रित रहेका नेपाली अटो व्यवसायीहरूले पछिल्लो समय उत्पादन र एसेम्बलतर्फ ध्यान केन्द्रित गरेका छन् । नाडा शोमा यसको प्रत्यक्ष झलक देख्न सकिन्छ । नेपालमै बनेका हेल्मेट, लुब्रिकेन्ट्स, ब्याट्री र तीन पाङ्ग्रे सवारी साधन पनि प्रदर्शनीमा राखिने छन् ।

    भाद्र ८ गतेसम्म आयोजना हुने नाडा अटो शोको यो संस्करण ‘फ्युचर मोबिलिटी’ मा पनि केन्द्रित छ । शोको सबैभन्दा ठूलो आकर्षण फ्लाइङ कार र ह्युमनोइड रोबोट हुनेछ ।

    आकर्षण मानिएको नेपालकै पहिलो उड्ने ट्याक्सी दिपलको ईभीटोललाई प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने नाडाले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend