२०८३, श्रावण २५ गते

images
  • अटो
  • नाडा अटो शोमा टाटाका नयाँ मोडको...

नाडा अटो शोमा टाटाका नयाँ मोडको इभी गाडी सार्वजनिक, यस्ता छन् अफर

नाडा अटो शोमा टाटाका नयाँ मोडको इभी गाडी सार्वजनिक, यस्ता छन् अफर

images
बुधवार, भाद्र ४ २०८२११:५१
बुधवार, भाद्र ४ २०८२११:५१
  • काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले राजधानीमा जारी नाडा अटो शोमा टाटा मोटर्सका विद्युतीय सवारीसाधनहरू सार्वजनिक गरेको छ ।

    टाटाले यसै अटो शोमा नयाँ सफारी सार्वजनिक गरेको छ, जसमा एडीएएस, मेमोरी सिट, ड्युल-जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन् । यसको सुरुवाती मूल्य १२ लाख ९९ हजार रहेको छ ।

    यसैगरी, शोमा सिप्रदीले टियागो इभीको नयाँ एरिजोना ब्लु रंग पहिलोपटक सार्वजनिक गरेको छ ।

    tata1.jpg

    यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख इभी मोडलहरूमा कर्भ इभी, नेक्सन के थ्री. इभी, पन्च इभी र टीयागो इभी रहेका छन् । यसै अवसरमा टाटाले ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ । 

    अफरअन्तर्गत सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क गाडी चार्ज गर्न पाइने जनाइएको छ । ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क अटोप्लस इन्स्योरेङ, निःशुल्क एसेसरिज र १ वर्षको भेहिकल ट्याक्स निस्शुल्क रहेको छ। यसैगरी घरमै निःशुल्क चार्जिङ जोडिने सुविधा र निःशुल्क इम्बोस्ड नम्बर प्लेट पनि जडान गरिने जनाइएको छ ।

    सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्त्वपूर्ण मञ्चका रूपमा व्याख्या गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend