काठमाडौं । नाडा अटो शो २०२५ मा साइमेक्स इंकले नेपालमा हालसम्मकै सबैभन्दा पहुँचयोग्य इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो २ सार्वजनिक गरेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा अनावरण गरिएको यो गाडी नेपालमा ४३ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ, जसमा ७ किलोवाटको वाल–माउन्टेड चार्जर समेत समावेश छ ।
अनावरण समारोहमा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिबंश आचार्य र ब्रान्ड इन्डोर्सर अस्मी श्रेष्ठको विशेष उपस्थिती रहेको थियो । एट्टो २ लाई युवादेखि परिवारसम्म सबै उपभोक्तालाई लक्षित गरिएको छ, जसमा बीवाईडीको विश्वप्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि र प्रिमियम फिचरहरु उपलब्ध छन् ।
५१.१३ किलोवाटको ब्लेड ब्याट्रीसहित आएको यो कम्प्याक्ट एसयूभीले एकपटकको चार्जमा ३४५ किलोमिटरको रेन्ज दिन्छ भने १०० किलोवाट मोटरले ० देखि १०० किमी प्रतिघण्टा वेग ९ सेकेन्डमै लिन सक्छ । लेभल २ एडास सिस्टम, ६ एयरब्याग, ३६० डिग्री भ्यु मोनिटर लगायतका सुरक्षा फिचरले यसलाई अझ सुरक्षित बनाएको छ ।
नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकले १ वर्षको निःशुल्क अटो प्लस इन्सुरेन्स, ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको विस्तारित वारेन्टी, एसेसरिज प्याकेज र १० वर्षसम्मको निःशुल्क एप कनेक्टिभिटी जस्ता विशेष अफर पाउनेछन् । चार आकर्षक रंगमा उपलब्ध यो एसयूभी नेपालभरका बीवाईडी शोरुममा बुकिङ खुला गरिएको छ ।

