काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।
महासं३का अनुसार आज सुन प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार एक तोला सुन १ लाख ९३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो
यस्तै आज चाँदी प्रतितोला २ हजार २ सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला २ हजार २ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ३ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

