२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • भारतले दियो थप ८० मेगावाट विद्युत...

भारतले दियो थप ८० मेगावाट विद्युत निर्यातको सहमति, अब नेपालबाट ११ सय ३० मेगावाट निर्यात हुने

भारतले दियो थप ८० मेगावाट विद्युत निर्यातको सहमति, अब नेपालबाट ११ सय ३० मेगावाट निर्यात हुने

शुक्रवार, भाद्र ६ २०८२१०:३२
शुक्रवार, भाद्र ६ २०८२१०:३२
  • images

    काठमाडौँ । भारत सरकारले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिदका लागि सहमित प्रदान गरेको छ।

    यसअघि अनुमतिप्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरि कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको छ भने बंगलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात स्विकृति ११३०.९ मेगावाट पुगेको छ। 

    पछिल्लोपटक साउन २६ गते भारत सरकारले २ सय मेगावाटको लागि अनुमति प्रदान गरेकोमा यही भदौ ५ गते थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो।

    वाइल्याटरल सम्झौताअन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि रहेको छ भने यो अनुमति मेगाघाट खोला ४८.५ र करुवा सेती हाइड्रोपावर ३१.०४ मेगावाटका लागि रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend