२०८३, आश्विन २३ गते

images
  • समाचार
  • नेपालको संविधानका १० वर्ष : उपलब्धि,...

नेपालको संविधानका १० वर्ष : उपलब्धि, जनमत र समावेशिताको मूल्याङ्कन गर्दै विशेष उत्सवको तयारी

नेपालको संविधानका १० वर्ष : उपलब्धि, जनमत र समावेशिताको मूल्याङ्कन गर्दै विशेष उत्सवको तयारी

आइतवार, भाद्र ८ २०८२०७:२८
आइतवार, भाद्र ८ २०८२०७:२८
  • images

    काठमाडौं । नेपालको संविधान जारी भएको एक दशक पुगेको अवसरमा सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ त्रिदिवसीय रूपमा भव्य उत्सवका साथ मनाउने तयारी गरेको छ। संविधान दिवसलाई विशेष बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। सिंहदरबारमा बसेको बैठकले असोज २, ३ र ४ गते देशभरका साथै विदेशस्थित नेपाली नियोगहरूमा विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

    २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको नेपालको संविधानले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गर्दै समावेशिता, मौलिक हक, संघीय शासन प्रणाली र समानताको आधारमा नयाँ युगको थालनी गर्‍यो। संविधानले महिलालगायत उत्पीडित समुदाय, दलित, जनजाति, मधेसी, मुस्लिम तथा पिछडिएको वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न कानुनी ग्यारेन्टी दिएको छ। १० वर्षको अवधिमा संविधानमार्फत स्थापित संघीय संरचनाले शासनलाई जनमुखी बनाउँदै स्थानीय तहमा पहुँच विस्तार गरेको छ।

    प्रधानमन्त्री ओलीले संविधानको १० वर्षे यात्रालाई ऐतिहासिक मानेर यसलाई राष्ट्रिय गौरवका रूपमा चिनाउन विशेष पहल गर्नुपर्ने बताए। उनले संविधानसँग विकास, राष्ट्रियता, आधुनिकता, मौलिक हक, महिला सशक्तिकरण, समावेशिता र लोककल्याणकारी राज्यको अवधारणा जोड्नुपर्नेमा जोड दिए। कार्यक्रम वडा र विद्यालय तहसम्म पुर्‍याउन निर्देशन दिँदै संविधानको उपलब्धिहरूलाई जनस्तरसम्म पुर्‍याउनु आवश्यक रहेको उनको भनाइ थियो।

    दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा मुख्य समारोह आयोजना गरिनेछ, जहाँ सर्वसाधारणको उपस्थिति रहनेछ। साथै, राष्ट्रभक्तिपूर्ण राष्ट्रिय गान, ''नेशनल डे कन्सर्ट'', झाँकी प्रदर्शनी, सन्देशमूलक नाटक, विशेष संवाद तथा परिसंवादहरू आयोजना गरिनेछन्। यी कार्यक्रमहरू रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक तथा निजी सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रसारण गरिनेछ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend