२०८३, आश्विन २१ गते

images

तारकेश्वरमा खोलामा खस्यो माइक्रो

तारकेश्वरमा खोलामा खस्यो माइक्रो

सीएनएन खबर
सोमवार, भाद्र ९ २०८२१०:५४
सीएनएन खबर
सोमवार, भाद्र ९ २०८२१०:५४
  • images

    काठमाडौं । काठमाडौँको तारकेश्वरमा माइक्रोबस दुर्घटना भएको छ। तारकेश्वर नगरपालिका-७ स्थित साङ्ला खोलामा आज बिहान बागमती प्रदेश ०६-००१ ज ०५६२ नम्बरको माइक्रोबस खोलामा खसेको हो। 

    काठमाडौँ-नुवाकोट सडक खण्डमा गुड्ने उक्त माइक्रोबस खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो दुर्घटनामा परेको चालकले बताएका छन्। गाडीमा चालकबाहेक कोही नभएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चालक पनि सकुशल छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend