२०८३, आश्विन २१ गते

images
  • अटो
  • नेपालमा आइकार भि-२३ ‘प्रिभ्यु’, यस्ता छन्...

नेपालमा आइकार भि-२३ ‘प्रिभ्यु’, यस्ता छन् विशेषता

नेपालमा आइकार भि-२३ ‘प्रिभ्यु’, यस्ता छन् विशेषता

सोमवार, भाद्र ९ २०८२०३:१६
सोमवार, भाद्र ९ २०८२०३:१६
  • images

    काठमाडौं ।  नेपालमा ‘ओमोडा एन्ड जेइको’को गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भि-२३’ को पहिलो झलक भदौ ९ गते गैरीधारास्थित, सिल्भर ओकमा आयोजित ‘प्रिभ्यू कार्यक्रम’मा प्रस्तुत गरेको छ।


    आइकर भि-२३ ले अत्याधुनिक प्रविधिको संयोजनसहित सार्वजनिक भएको छ । साइबर टेक डिजाइन सहितको यो रेट्रो क्लासिक एसयुभि मजबुत मात्र नभई अत्यन्त सुक्ष्म इन्जिनियरिङमा आधारित रहेको कम्पनीले जनाएको छ ।

    यो गाडीमा १०० किलोवाटको सिङ्गल मोटर सेटअप रहेको छ, जसले १८० न्युटनमिटरको टर्क प्रदान गर्छ । साथै ५९.९३ किलोवाट आवरको ब्याट्री प्याकसहित उपलब्ध छ ।

    गाडीको लम्बाइ ४,२२० मिलिमिटर, चौडाइ १,९१५ मिलिमिटर, उचाइ १,८४५ मिलिमिटर र ह्विलबेस २,७३५ मिलिमिटर रहेको छ । गाडी ६ वटा रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend