२०८३, आश्विन २३ गते

images
  • समाचार
  • २३ नयाँ इलाका प्रशासन कार्यालय थप्ने...

२३ नयाँ इलाका प्रशासन कार्यालय थप्ने प्रस्ताव प्रशासन समितिमा

२३ नयाँ इलाका प्रशासन कार्यालय थप्ने प्रस्ताव प्रशासन समितिमा

सीएनएन खबर
मंगलवार, भाद्र १० २०८२११:२६
सीएनएन खबर
मंगलवार, भाद्र १० २०८२११:२६
  • images

    काठमाडौं । गृह मन्त्रालयले देशभर २३ वटा नयाँ इलाका प्रशासन कार्यालय थप गर्ने प्रस्ताव अघि बढाएको छ। उक्त प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रशासन समितिमा पठाइएको छ।

    गृह मन्त्रालयका अनुसार, सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो। अहिलेका इलाका तथा जिल्ला प्रशासन कार्यालयमा सेवा लिन नागरिकले लामो यात्रा गर्नुपर्ने बाध्यतालाई हटाउन यो कदम चालिएको मन्त्रालयले जनाएको छ।

    गृह मन्त्रालयले प्रस्ताव अघि बढाउनुअघि सचिवस्तरीय निर्णय गर्दै संगठन तथा व्यवस्थापन ९ओएन्डएम० सर्वेक्षण प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको थियो। उक्त कार्यदलको संयोजकत्वमा प्रशासन महाशाखा प्रमुख रहेका छन्।

    गृहमन्त्री रमेश लेखकले आन्तरिक स्रोत व्यवस्थापनमार्फत तराईदेखि उच्च हिमाली भेगसम्म इलाका प्रशासन कार्यालय विस्तारमा जोड दिनुभएको छ। प्रस्ताव समितिमा छलफलपछि कार्यान्वयनतर्फ अगाडि बढाइने मन्त्रालयको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend