२०८३, आश्विन २३ गते

images
  • समाचार
  • वसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१...

वसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट

वसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट

मंगलवार, भाद्र १० २०८२०३:०३
मंगलवार, भाद्र १० २०८२०३:०३
  • images

    काठमाडौं । काठमाडौं  महानगरपालिकाले सोमबार वडा नम्बर २३ र २४ अन्तर्गत वसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको छ ।

    महानगरको कृषि तथा पशुपंक्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशाला (खाद्य अनुगमन भ्यान) को प्रयोग गरी ४ रेस्टुरेन्ट र १ मिठाइ पसलको अनुगमन गरेको हो ।

    अनुगमनका क्रममा ४ रेस्टुरेन्टमा प्रयोग भएको तार्ने तेलको गुणस्तर ‘ टोटल पोलार मेटेरियल’ उपकरणद्वारा जाँच गरिएको थियो । जाँचमा २ रेस्टुरेन्टको तार्ने तेल मापदण्डविपरीत रहेको पाइएपछि व्यवसायीको रोहबरमा २२ लिटर र ९ लिटर गरी कुल ३१ लिटर अखाद्य तेल नष्ट गरिएको छ ।

    मिठाइ पसलको नमूना संकलन गरी परीक्षण गर्दा सबै मिठाइहरू मापदण्डअनुरूप रहेको पाइएको छ ।

    टोलीले व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम राख्न, सरसफाइमा ध्यान दिन, तार्ने तेल बारम्बार प्रयोग नगर्न, शाकाहारी र मांसाहारी खाद्यवस्तु छुट्टै भण्डारण गर्न, एप्रोन, हेरनेट र मास्क अनिवार्य प्रयोग गर्न तथा कानूनसम्मत ढङ्गले व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।

    विभागले उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखी यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । सबै व्यवसायीहरूलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न जिम्मेवार हुन आह्वान गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend