२०८३, आश्विन २३ गते

images
  • समाचार
  • सुटकेस हत्याकाण्ड: मुख्य आरोपी पासवान शरीर...

सुटकेस हत्याकाण्ड: मुख्य आरोपी पासवान शरीर जलेको अवस्थामा फेला, आत्मदाह प्रयास गरेको प्रहरीको दाबी

सुटकेस हत्याकाण्ड: मुख्य आरोपी पासवान शरीर जलेको अवस्थामा फेला, आत्मदाह प्रयास गरेको प्रहरीको दाबी

बुधवार, भाद्र ११ २०८२०९:३५
बुधवार, भाद्र ११ २०८२०९:३५
  • images

    काठमाडौं । रौतहटको बहुचर्चित रुबी साह हत्याकाण्डका मुख्य आरोपी लक्ष्मण पासवान शरीर जलेको अवस्थामा फेला परेका छन्। रुबीको शव सुटकेसभित्र फेला परेको केही दिनपछि नै फरार रहेका पासवानले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार, पासवान बुधबार बिहान माधवनारायण नगरपालिका–६, माधोपुरस्थित एक नहर नजिकै जलेर गम्भीर घाइते भएको अवस्थामा भेटिएका हुन्। प्रहरीले आत्मदाहको सूचना पाएर घटनास्थल पुग्दा उनी बेहोस अवस्थामा फेला परेका थिए।

    एसपी गिरीले प्रारम्भिक अनुसन्धानबाट पासवानले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको पुष्टि भएको बताएका छन्। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि गरुडास्थित एक अस्पताल लगिएको छ।

    गत शनिबार गौर बजार जान निस्किएकी रुबीको शव एक सुटकेसभित्र प्याक गरिएको अवस्थामा फेला परेको थियो। यस घटनामा संलग्न भएको आरोपमा रुबीका परिवारले उनको प्रेमी लक्ष्मण पासवानमाथि हत्याको आरोप लगाएका थिए। घटनापछि पासवान फरार थिए।

    पासवानको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend