२०८३, आश्विन २३ गते

images
  • समाचार
  • रवि लामिछानेको रिहाइसम्बन्धी निवेदनमाथि उच्च अदालतमा...

रवि लामिछानेको रिहाइसम्बन्धी निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

रवि लामिछानेको रिहाइसम्बन्धी निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

सीएनएन खबर
बुधवार, भाद्र ११ २०८२११:०१
सीएनएन खबर
बुधवार, भाद्र ११ २०८२११:०१
  • images

    काठमाडौं । सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको रिहाइसम्बन्धी निवेदनमाथि आज उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदैछ।

    रुपन्देही जिल्ला अदालतले साउन २६ गते लामिछानेको रिहाइ निवेदन अस्वीकार गरेपछि उनले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए।

    सुप्रिम सहकारी प्रकरणमा लामिछानेसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बराबरको सामूहिक बिगो कायम गर्दै अभियोग पत्र दायर गरिएको छ। तर, लामिछानेले सो बिगोमध्ये आफ्नो जिम्मेवारी पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेस गरेका छन्।

    तर जिल्ला अदालतले बिगोको बाँडफाँट स्पष्ट नभएको भन्दै रिहा गर्न नमिल्ने निर्णय सुनाएको थियो। यसअघि अदालतले उनलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिए पनि त्यसविरुद्ध उच्च र सर्वोच्च अदालतले थुनामै राख्न आदेश दिएकाले उनी पुनः थुनामा परेका थिए।

    अदालतले मुद्दाको प्रकृति हेर्दा छिटो निष्कर्षमा पुग्नु आवश्यक देखिएको उल्लेख गर्दै, प्रक्रिया तीव्र रूपमा अघि बढाउन आदेश दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend