२०८३, आश्विन २३ गते

images
  • समाचार
  • भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले...

भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

सीएनएन खबर
बुधवार, भाद्र ११ २०८२०१:४५
सीएनएन खबर
बुधवार, भाद्र ११ २०८२०१:४५
  • images

    काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई उपहारस्वरुप दिएको मुर्रा राँगो मरेको छ। राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका अनुसार उक्त राँगो गत साउन ३० गते मरेको हो। 

    साउन १७ गतेदेखि बिरामी रहेको उक्त मुर्रा ३० गते मरेको कार्यालयका सूचना अधिकृत वरिष्ठ पशु विकास अधिकृत डा महेन्द्र मल्लले नेपालखबरलाई जानकारी दिए।  

    ुसाउन ३० गते उक्त मुर्रा मरेको हो। पोस्टमार्टम रिपोर्टमा भ्यागुते रोगका कारण मरेको पाइयो।ु उनले भने।  
    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु पछिल्लोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमण जाँदा भारतले नेपाललाई नेपालकै आग्रहमा १५ वटा मुर्रा राँगो उपहार दिने निर्णय गरेको थियो। 
     
    उक्त राँगाहरू ०८० मंसिर ६ गते भारतबाट बाँकेको जमुनाहा नाका हुँदै नेपाल भित्रिएका थिए।

    भारतबाट प्राप्त भएका १५ वटा राँगाहरु राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखरामा ७, राष्ट्रिय पशु प्रजनन् कार्यालय, लहानमा पाँच र राष्ट्रिय पशु प्रजनन् कार्यालय, नेपालगन्जमा तीनवटा राखिएको थियो। यसपटक पोखरामा राखिएको एउटा राँगो मरेको हो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend