२०८३, आश्विन २१ गते

images
  • समाचार
  • निरन्तर वर्षासँगै बाढीको खतरा बढ्यो, काठमाडौँसहित...

निरन्तर वर्षासँगै बाढीको खतरा बढ्यो, काठमाडौँसहित ५१ जिल्लामा सतर्कता

निरन्तर वर्षासँगै बाढीको खतरा बढ्यो, काठमाडौँसहित ५१ जिल्लामा सतर्कता

बिहिवार, भाद्र १२ २०८२०९:५६
बिहिवार, भाद्र १२ २०८२०९:५६
  • images

    काठमाडौं । देशभर सक्रिय बनेको मनसुन प्रणालीका कारण लगातार वर्षा जारी रहँदा बाढीको जोखिम पनि उल्लेख्य रूपमा बढेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल भए पनि पानीको सतह चाँडै बढ्ने सम्भावना रहेको छ। त्यसैले काठमाडौं उपत्यकालगायत ५१ जिल्लामा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

    महाशाखाले दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, बर्दिया, कैलाली र कञ्चनपुर लगायत जिल्लाहरू हुँदै बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। यी नदीहरूमा जलस्तर छिट्टै बढ्ने र केही स्थानमा आकस्मिक बाढी आउन सक्ने सम्भावना उच्च छ।

    त्यस्तै, इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, गोरखा, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, दाङ, सल्यान, सुर्खेत, बाँके, जुम्ला, कालीकोट, डोल्पा, मुगु र हुम्ला जिल्लामा पनि केही साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको र आकस्मिक बाढीको मध्यम जोखिम कायमै रहेको चेतावनी दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend