काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा सञ्चालित सबै म्युचुअल फन्डहरूले नाफा कमाएका छन्। कम्पनीले साउन महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै ६ वटै फन्डहरू लाभमा रहेको जानकारी दिएको हो।
सबैभन्दा धेरै नाफा कमाउने फन्डमा सनराइज फर्स्ट म्युचुअल फन्ड परेको छ। यसले साउन महिनामा ४ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो महिना यसले १५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो। फन्डको नेभ ११.९९ रुपैयाँ रहेको छ।
त्यसैगरी, सनराइज ब्लुचिप फन्ड ले साउनमा १ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ भने यसको नेभ घटेर १०.१० रुपैयाँ मा झरेको छ। सनराइज फोकस्ड इक्विटी फन्ड ले ८ करोड रुपैयाँ नाफा कमाएको छ, तर अघिल्लो महिनाको २० करोड ९२ लाख नाफाको तुलनामा यो ठूलो गिरावट हो। फन्डको नेभ १२.१९ रुपैयाँमा कायम छ।
लक्ष्मी उन्नति कोष ले २ करोड ७८ लाख, शुभ लक्ष्मी कोष ले १३ लाख २८ हजार, र लक्ष्मी भ्यालु फन्ड २ ले ५ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका छन्। हाल यी फन्डहरू सूचीकृत कम्पनीहरूको शेयरमा अर्बौं रुपैयाँ लगानी गरिरहेका छन् भने बैंक मौज्दात पनि उल्लेख्य मात्रामा देखिएको छ।

